• Tuesday 6th of October 2026

यी हुन् केराको फूलले स्वास्थ्यमा पुर्‍याउने फाइदा


  • धनकुटा खबर
  • .

काठमाडौं। केराको फूल अर्थात् बु‌ंगाेलाई गाउँघरतिर अचार तथा तरकारीको रुपमा खाने चलन छ। त्यसबाहेक यो खासै उपयोगमा ल्याउने चलन छैन।

तर केराको फूल स्वास्थ्यका दृष्टिले निकै उपयोगी हुन्छ भन्नेचाहिँ धेरै कमलाई थाहा छ। यसमा खनिज, भिटामिन इ, प्रोटीन, फाइबरजस्ता तत्व पाइन्छन्। खनिजमा त फोस्फोरस, क्याल्सियम, पोटासियम, म्याग्नेसियम र आइरन पाइन्छन्, जसले शरीरको कार्यक्षमता बढाउन मद्दत गर्छन्।

१. महिनावारीपूर्वका समस्यामाः केराको फूल महिलामा महिनावारीपूर्व देखिने समस्यामा उपयोगी हुन्छ। दहीसँग मिसाएर उपयोग गर्नाले महिनावारीपूर्व देखिने पीडा कम हुन्छ। यसका लागि १ कप केराको फूल सबैभन्दा पहिले पकाउनुपर्छ। त्यसमा १ कप दही हालेर राम्रोसँग चलाउनुपर्छ। यो मिश्रणलाई नियमित सेवन गरेमा समस्या समाधान गर्न मद्धत गर्छ।

२. तनाव अन्त्य गर्छः डिप्रेसन हटाउने औषधिको नियमित सेवनले शरीरमा साइडइफेक्ट गर्न सक्छ । तर केराको फूलको नियमित सेवनले विना साइडइफेक्ट तनाव अन्त्य गर्न सहयोग गर्छ। यसमा पाइने म्याग्नेसियमले मानिसको मुडलाई राम्रो पार्छ।

३. दुध वृद्धि गर्छ: सन्तानलाई दुध चुसाइरहेका धेरैजसो महिलामा यथेष्ट मात्रामा दुध नआउने समस्या हुन्छ। यस्तो अवस्थामा केराको फूलको नियमित सेवनले त्यो समस्या हटाउँदैं दुधको परिमाण बढाउँछ ।

४. स्वस्थ पाठेघरका लागिः यसले पाठेघरको समस्या पनि निम्तन दिँदैंन। यसका लागि केराको फूलमा बेसार, मरिचका दाना र जिरा मिसाउन सकिन्छ। केराको फूल यी चिजसंग मिसाएर उमाल्नुपर्छ । रुचीअनुसारको नुन हाल्नसकिन्छ । यो मिश्रणलाई नियमित सेवन गरेमा पाठेघरको समस्या समाधान गर्न मद्धत पुग्छ ।

५. ग्याष्ट्रिकको समस्यामाः यो फाइबरको उत्कृष्ट स्रोत पनि हो । यसले पाचन प्रणालीलाई तन्दुरुस्त राख्छ।

यसका साथै यसको नियमित सेवनले शरीरलाई विभिन्न संक्रमणबाट बचाउँछ । यसको मुख्य कारण यसमा पाइने इथानोल नामक तत्व हो। यसले एनिमिया र मधुमेहबाट पनि बचाउँछ । केराको फूलमा पाइने एन्टिअक्सिडेन्ट मुटुको समस्यामा उपयोगी हुन्छ । यो अल्जाइमर र पार्किन्सन रोगमा पनि काम लाग्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖