• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रोनाल्डोको पेनाल्टी गोलमा अल नासरको जित


  • धनकुटा खबर
  • .

काठमाण्डौ – साउदी प्रो लिगमा अल नासरले अल अहलीलाई हराएको छ । गएराति जेदाहमा भएको खेलमा अल नासरका क्रिष्टियानो रोनाल्डोले खेलको ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

घरेलु टोली अल अहलीका रोजर इवानेजले पेनाल्टी बक्समा सामी अल नाजेइलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए । रोनाल्डोको पेनाल्टी गोलमा अल नासर १–० ले विजयी भयो । दोस्रो स्थानमा रहेको अल नासरको २४ खेलबाट ५६ अङ्क छ ।

शीर्षस्थानमा रहेको अल हिलालको २३ खेलमा ६५ अङ्क रहेको छ । प्रो लिगकै अर्को खेलमा अल ताई र अल इत्तिफाक तथा अल फाया र अल रियादले समान १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖