• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपको फाइनलमा पिच बदल्नु भारतलाई भारी पर्‍यो : कैफ


  • धनकुटा खबर
  • .

मुम्बई । भारतीय क्रिकेट टोलीका पूर्वसदस्य मोहम्मद कैफले एकदिवसीय विश्वकपको फाइनलमा पेचसँग छेडछाड गर्दा भारतलाई नै नोक्सान भएको टिप्पणी गरेका छन् । एक अन्तर्वार्तामा उनले प्याट कमिन्सले पहिलो खेलको गल्तीबाट सिक्दै टस जितेर पहिले फिल्डिङ रोजेको दाबी गरेका हुन् ।

सन् २०२३ को १९ नोभेम्बरमा भारत अस्ट्रेलियाबिचको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो । भारतले पहिले ब्याटिङ गर्दै २ सय ४० रन बनाएको थियो । अस्ट्रेलियाले भारतले प्रस्तुत गरेको लक्ष्य मात्र ४ विकेट गुमाएर पछ्यायो ।

ललनटपलाई दिएको अन्तरवार्तामा कैफले भने, ‘म त्यहाँ ३ दिनसम्म थिएँ । रोहित शर्मा र राहुल द्रविडले तीन दिनसम्म हरेक दिन पिचको जाँच गरेका थिए । दुई जना करिब एक घण्टासम्म पिच नजिकै उभिएर बस्थे । मैले पिचको रङ बदलेको देखेको थिएँ । पिचमा पानी राखिँदैन थियो । ट्रयाकमा घाँस पनि थिएन ।’

‘भारत फाइनलमा अस्ट्रेलियालाई सुस्त पिच दिन चाहन्थ्यो । मानिसहरूलाई विश्वास नहोला, तर यो साँचो हो,’ उनले थपे, ‘भारतले अस्ट्रेलियालाई हराउने योजना बनाएको थियो तर प्याट कमिन्सको अस्ट्रेलियासामु भारत आफ्नै योजनामा फस्यो ।’

अस्ट्रेलियाका प्याट कमिनस, मिचेल स्टार्क र जोस हेजलवुडजस्ता तीव्र गतिका बलरलाई रोक्न स्लो पिच बनाउनु भारतको गल्ती भएको उनको भनाई थियो । ‘मानिसहरू भन्छन् कि पिच क्युरेटरमाथि कसैको दबाब हुँदैन । तर, यो बकवास हो । जब तपाईं पिचको वरिपरि घुम्नुहुन्छ, तपाईंले यति मात्र भने हुन्छ – पानी नहाल, घाँस कम राख । यही साँचो हो । यदि तपाईं घरेलु मैदानमा खेल्नुहुन्छ भने यो हुनु पनि पर्छ तर भारतले घरेलु कन्डिसनको धेरै नै फाइदा उठायो ।’

पीटीआईका अनुसार विश्वकपको फाइनलभन्दा ठिक अघि आईसीसीका पिच कन्सल्टेन्ट एन्डी एटकिन्सनले राजीनामा दिएका थिए । तर, बीसीसीआईका अधिकारीहरूले एटकिन्सनको करार समाप्त भएको स्पष्टीकरण दिएको थियो । आईसीसीले नरेन्द्र मोदी स्टेडियमको पिचलाई औसत रेटिङ दिएको थियो ।
–दैनिक भास्करबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖