• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मेसीलाई ह्यामस्ट्रिङको चोट


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले एल साल्भाडोर र कोस्टारिकाविरुद्धको दुई मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

कोनकाकाफ च्याम्पियन्स कपमा गत साता नाशभिलमाथि इन्टर मियामीले ३-१ गोल अन्तरको जित हासिल गरेको थियो। उक्त खेलमा ह्यामस्ट्रिङको चोट बोकेपछि ३६ वर्षीय मेसीलाई दोस्रो हाफको शुरूमै प्रतिस्थापन गरिएको थियो।

इन्टर मियामीका प्रशिक्षक जेरार्डो मार्टिनोले खेलपछि मेसीको अवस्थाको मूल्यांकन गरिने बताएका छन्। मेसीलाई फिलाडेल्फियामा शनिबार एल साल्भाडोरविरुद्ध र त्यसको चार दिनपछि लस एन्जलसमा कोस्टारिकाविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको टोलीमा समावेश गरिएको थियो।

इएसपीएन अर्जेन्टिनाका अनुसार मेसीले फ्लोरिडा फर्कनुअघि मेडिकल स्टाफसँग आफ्नो स्वास्थ्यको जानकारी लिन यसै साताको अन्त्यमा राष्ट्रिय टोलीसँग सम्पर्क गर्न सक्नेछन्।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर जुलियन अल्भारेजसहित अर्जेन्टिनाका केही खेलाडी आइतबार फिलाडेल्फिया आइपुगेका छन्। यी दुवै खेल डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि जुन र जुलाईमा हुने कोपा अमेरिकाका लागि वार्मअप हो।

अर्जेन्टिनाले स्ट्राइकर पाउलो डिबाला र मिडफिल्डर एक्सेक्विएल पालासियोसलाई चोटका कारण यसअघि नै गुमाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖