• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएल क्रिकेट : राजस्थानले एडम जाम्पाको स्थानमा तनुशलाई मौका दियो


  • धनकुटा खबर
  • .

मुम्बइ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण शुक्रबार सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनुअघि गुजरात टाइटन्स र राजस्थान रोयल्सले टोलीमा सामान्य परिवर्तन गरेका छन् ।

गुजरात टाइटन्सका खेलाडी रोविन मिन्ज दूर्घटनामा परेर आईपीएलबाट बाहिरिएका छन् । उनको स्थानमा गुजरातले बीआर शरतलाई टोलीमा समावेश गरिएको छ ।

रोविन मिन्ज आदीवासी समुदायबाट आएर विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आईपीएल खेल्ने तयारीमा थिए । तर, दूर्घटनामा परेका कारण उनको त्यो सपना पुरा हुन सकेन ।

२१ वर्षीय रोविन मिन्जलाई गुजरातले अक्सनमा तीन करोड ६० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । अक्सनमा उनको न्युनतम मूल्य २० लाख रुपैयाँ तोकिएको थियो ।

यसैगरी राजस्थान रोयल्सका प्रभावशाली खेलाडी एडम जाम्पा पनि आईपीएलबाट बाहिरिएका छन् । उनको स्थानमा राजस्थानले तनुश कोटियनलाई टोलीमा समावेश गरेको छ ।

अस्ट्रेलियन खेलाडी जाम्पाले आईपीएलबाट बाहिरिएपछि आफ्नो सम्पूर्ण ध्यान आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा केन्द्रित गर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖