• Saturday 17th of October 2026

चैत्र २ गतेदेखि सम्पर्कविहिन रहेका थानकोटका सन्देश बलामी नेपाल भारत सीमाबाट वीरगञ्जमा सकुशल भेटिए


  • धनकुटा खबर
  • .

यही चैत्र २ गतेदेखि सम्पर्कविहिन रहेका चन्द्रागिरि नगरपालिका-०४ थानकोट टेकानपुरका एक किशोर परिवारको सम्पर्कमा आएका छन् ।

प्रहरी वृत्त थानकोटका अनुसार स्थानीय १९ वर्षीय सन्देश बलामी स्कुटरसहित चैत्र २ गते शुक्रबारदेखि सम्पर्कविहिन भएका थिए ।

बलामीले चढ्दै आएको स्कुटर मंगलबार नेपाल भारत सीमाबाट वीरगञ्जमा भेटिएकाे थियाे ।

पारिवारिक स्रोतका अनुसार उनी आज थानकोट टेकानपुरस्थित घर आइपुग्नेछन् । उनको खाेजीका लागि परिवारका सदस्य तथा आफन्तहरु भारतसम्म पुगेका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनी के कति कारण भारत पुगेका थिए साे भने खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖