• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं। लगातार चार दिनदेखि घट्दै आएको सुन र चाँदीको मूल्य शुक्रबार नेपाली बजारमा उकालो लागेको छ। गत सोमबारदेखि निरन्तर ओरालो लागेको सुनचाँदीको भाउमा शुक्रबार सुधार आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार (असोज ३० गते) छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ। यस वृद्धिसँगै शुक्रबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको थियो। त्यस्तै बुधबार २ हजार ७०० रुपैयाँ घटेर २ लाख ८९ हजार ५०० रुपैयाँ, मङ्गलबार २ हजार २०० रुपैयाँ घटेर २ लाख ९२ हजार २०० रुपैयाँ र सोमबार २ हजार १०० रुपैयाँ घटेर २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।

सुनसँगै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको भाउ तोलामा ११५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

बिहीबार चाँदी तोलामा २२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी बुधबार १०० रुपैयाँ घटेर ४ हजार २५५ रुपैयाँ, मङ्गलबार ६० रुपैयाँ घटेर ४ हजार ३५५ रुपैयाँ र सोमबार २५ रुपैयाँ घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको थियो। गत आइतबार भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४४० रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖