• Saturday 17th of October 2026

यी ४ राशिका आमा हुन्छन् अत्यन्तै कडा, तपाई पनि पर्नुभयो की ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । हरेक आमाले आफ्नो बच्चालाई सबैभन्दा राम्रो र बुद्धिमान बनाउन चाहान्छन् । यस कारणले आमाले आफ्नो बच्चालाई गाली गर्ने पनि गर्दछन् । रिसाएर पनि फेरी उसलाई नै माया नै गर्दछन् ।

आमाको लागी उनको बच्चा सारा सन्सार हुने् गर्दछ । कयौँ पटक आमाहरु आफ्नो बच्चाको भविष्यको लागी रिसाउने र गाली गर्ने गर्दछन् । तर भनिन्छ नि आमाको गाली र रिसमा पनि माया लुकेको हुन्छ भनेर ।

हरेक कोहीको आमा बिल्कुल एकै किसिमको हुने गर्दछन् । र उनीहरु आफ्नो बच्चाको लागी एक पिल्लर बनी सँधै खडा भइरहन्छन् । जसले आफ्नो बच्चालाई हरेक मुश्किलबाट बचाएर राख्ने गर्दछन् ।

धेरै चोटि एउटी आमा आफ्नो बच्चाको बारेमा बढी सुरक्षीत हुने गर्दछिन् । जसका कारण उनी कहिलेकाँही कठोर पनि हुन्छिन् । के तपाईंले कहिलेकाँही बिना कारण तपाईंको बच्चालाई गाली गर्नुभएको छ ?

वा तपाईंको बच्चाले तपाईंलाई केही गोप्य कुरा राखेको छ ? यहाँ पत्ता लगाउने एक तरिका छ तपाई आफ्नो राशिअनुसार कति कठोर हुनुहुन्छ पत्ता लगाउन सक्नुहुन्छ

राशिअनुसार यी राशिका आमा हुने गर्दछन् बच्चाको भविष्यको लागी अत्यन्तै कठोर

मकर राशि
मकर राशिका व्यक्ति नियमहरूलाई पालना गर्ने हुन्छन् । यिनीहरु जीवनमा व्यावहारिक र तर्कसंगत प्रकृतिका लागि परिचित हुन्छन् । यिनीहरु कहिलेकाँही असंवेदनशील पनि हुने गर्दछन् । यी राशिका व्यक्ति १२ राशिमध्ये सबैभन्दा कठोर स्वभावका हुने गर्दछन् ।

वृष राशि
यी राशिका आमा रिल्याक्स र एकदमै रमाईलो गर्ने खालका हुने गर्दछन् । यी राशिका व्यक्ति आफ्नो बच्चाको लागी एकदमै संवेदनशील हुने गर्दछन् ।

वृष राशिकी महिला एकदमै जिद्धी हुने गर्दछन् । आफ्नो एक मोरल भ्यालु सेट गर्दछन् । जसलाई कसैले पनि तोड्न सक्दैनन् । यदि तपाईले यस्तो गर्नुभयो भने तपाईको आमा दुखी हुनुहुन्छ ।

कन्या राशि
कन्या राशिका व्यक्तिहरूले पनि आफ्नो लागि कठिन लक्ष्यहरू सेट गर्दछन् । त्यस्तै गरी, कन्याका राशिका आमाहरू आफ्ना बच्चाहरूलाई सबै कुरामा परफेक्ट बनाउन चाहन्छन्।

उनी सबै कुराको बारेमा धेरै सावधान हुने गर्दछन् र सबै चीज व्यवस्थित रूपमा गर्छन्। तिनीहरू आफ्ना बच्चाहरूलाई परफेक्ट बनाउनका लागि कडा आमा बुबाको रूपमा प्रस्तुत हुने हुन्छन्।

सिंह राशि
सिहं राशिका आमाहरू हास्याखालका र बहिर्गमन खालका हुने गर्दछन् । सन्तुलित दृष्टिकोण राख्दै उनी बच्चाहरूलाई ध्यान दिन्छिन्। यसको मतलब यो होइन कि तपाईंले तिनीहरूलाई हलुका लिनुपर्दछ।

अनुशासन, सत्यनिष्ठा र शिष्टाचार उनीहरूको लागि धेरै महत्त्वपूर्ण छ र यदि उनीहरूलाई लाग्छ कि उनीहरूको बच्चामा यी गुणहरू छैनन् भने भगवानले उनीहरूलाई बचाउनुहुनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖