सुशीला ढकालको जन्मजात दुवै हात थिएनन् । उनले कुरो बुझ्ने हुँदादेखि खुट्टाको सहायताले नै खाना खान थालीसकेकी थिइन् ।
उनका बुवा-आमाले पढ्नुपर्छ भनेर हौसला दिए, पाँच वर्षको उमेरमा स्कूल हालिदिए । दाजु-भाइले स्कूल लैजाने, ल्याउने गरिदिए । उनि विष्णु थापाको सहयोगमा काठमाडौं आएर पढ्न थालिन । उनैको सहयोगमा त्रिचन्द्र कलेजमा स्नातकोत्तर गरिन् ।
उनले २०६५ सालमा लोकसेवा आयोगले आवेदन खोल्दा नायब सुब्बाका लागि परीक्षा दिइन् । मेहेनतले उनको नाम निस्कियो । हाल उनि नायव सुब्बा पदमा कार्यरत छिन् भने निजामती सेवा पुरस्कारबाट समेत सम्मानित भैसकेकी छिन्।
उनले सानै उमेरदेखि खुट्टाकै सहारामा बाँच्न सिकिन्। कार्यालयमा उनी खुट्टाकै सहाराले काम गर्छिन्। सकारात्मक सोच र संघर्षशील पाइलाहरुले सफलताको शिखर छुन सकिन्छ भनेर उनी अन्यको लागि प्रेरणा भएकी छिन्।
