• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हैदरावादविरुद्ध नायक बनेका हर्षितलाई कारबाही


  • धनकुटा खबर
  • .

काठमाडौँ। इन्डिय प्रिमियर लिग (आईपीएल)अन्तर्गत चौथो खेलमा कोलकाता नाइट राइडर्सका तीव्र गतिका बलर हर्षित रानाले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै सनराइजर्स हैदरावादविरुद्ध जित दिलाए।

तर, खेलमा नायक बनेका उनले दुई पटक खेल भावनाविपरित कार्य गरे। यस्तो कार्यका कारण उनलाई भारी जरिवाना गरिएको छ।

कोलकाताले हैदरावादलाई जितका लागि २०९ रनको लक्ष्य दिएको थियो। जवाफमा मयंक अग्रवाल र अभिषेक शर्माले हैदरावादलाई तीव्र शुरूआत दिलाए।

दुवै ब्याट्सम्यानले मिलेर ५.३ ओभरमा ६० रन बनाएका थिए। तर, छैटौँ ओभर बलिङ गर्न आएका हर्षितले मयंकलाई रिंकु सिंहको हातमा क्याच आउट गराए।

हर्षितले कोलकातालाई पहिलो सफलता दिलाए जुन टोलीलाई धेरै आवश्यक थियो। तर, मयंकको विकेट लिएपछि हर्षित निकै उत्साहित भए र आफ्नो होश गुमाए।

विकेट लिएपछि हर्षित मयंक भएको ठाउँमा गए र फ्लाइङ किस दिए। शान्त स्वभावका मयंकलाई हर्षितको यो शैली मन परेन र उनले ती तीव्र गतिका बलरलाई हेरिरहे। तर, केही नबोली उनी पेभिलियनतिर लागे।

त्यसपछि अन्तिम ओभरमा हर्षितले हेनरिक क्लासेनलाई आउट गरेपछि यस्तै हर्कत गरे। क्लासेनले हैदरावादलाई जितनजिक पुर्‍याएका थिए।

तर, ठूलो शट खेल्ने प्रयासमा उनी हर्षितको बलमा सुयश शर्माको हातमा क्याच आउट भए। यहाँबाट खेल कोलकाताको पक्षमा गएको थियो र टोलीले ४ रनको जित दर्ता गर्न सफल भयो।

उक्त कार्यपछि हर्षितलाई खेल शुल्कको ६० प्रतिशत जरिवाना लगाएको छ। आईपीएलका अनुसार हर्षितले खेलको क्रममा दुई पटक आचारसंहिताको लेभल १ उल्लंघन गरेका छन्। जसका कारण कोलकाताका यी बलरलाई म्याच शुल्कको ६० प्रतिशत जरिवाना गरिएको हो। यद्यपि, हर्षितले आफूमाथि लगाइएको जरिवाना स्वीकार गरेका भारतीय मिडियाहरूले जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖