• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गुल्सनले दिलाए नेपाललाई तेस्रो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका गुल्सनकुमार झाले तेस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालका गुल्सनले ६.२ ओभरमा आयरल्यान्ड वुल्भ्सका मोर्गन टोपीङलाई बोल्ड गरे ।

जारी खेलको सात ओभर समाप्त हुँदा आयरल्यान्डले तीन विकेट गुमाएर ४३ रन बनाएको छ । नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ ।

जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖