• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएलमा भोजपुरी कमेन्ट्रीका क्रममा अश्लील भाषाको प्रयोगपछि विवाद


  • धनकुटा खबर
  • .

कोलकाता । आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन्। यो भिडियो निकै भाइरल भइरहेको छ ।

यो टिप्पणी सनराइजर्स हैदरावादको इनिङ्सको १९ औँ ओभरमा गरिएको हो । त्यतिबेला मिचेल स्टार्क बलिङ गरिरहेका थिए र हैदरावादका ब्याट्सम्यान हेनरिक क्लासेनले लामो सट प्रहार गरिरहेका थिए । उक्त ओभरमा उनले तीन छक्का प्रहार गरे ।

मिड विकेटमा उनले छक्का प्रहार गर्दा भोजपुरी कमेन्टेटरले अश्लील भाषा प्रयोग गरेको आरोप लागेको छ। सोही भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

धेरै दर्शकहरूले बीसीसीआई सचिव जय शाहसँगै भोजपुरी फिल्म अभिनेता तथा नेता मनोज तिवारी र रवि किशनलाई भिडियो ट्याग गरेका छन्। यो विषयलाई गम्भीरताका साथ सोच्न पनि आग्रह गरिएको छ ।

भोजपुरी कमेन्टेटरमा कमेन्ट्री गर्ने क्षमता नभएको उनीहरू बताइरहेका छन् । तर, बोर्डले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖