• Tuesday 20th of October 2026

४ असईसहित २३ जना प्रहरी सम्पर्कविहीन, हाजिर हुन नआए बर्खास्त गरिने


  • धनकुटा खबर
  • .

काठमाडौं । लामो समयदेखि सम्पर्कबाहिर रहेका २३ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले सूचना निकालेको छ ।

प्रहरी मुख्यालयका अनुसार ४ जना असई, एकजना प्रहरी हवल्दारसहित २३ जना लामो समयदेखि गैरहाजिर रही बेपत्ता भएका हुन् । यसबीचमा खोजी गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले सूचना निकालेर ७ दिनभित्र चित्तबुझ्दो कारण लिएर स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖