• Tuesday 20th of October 2026

दुर्गा प्रसाईँले इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न सर्वोच्चको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न आदेश दिएको छ ।

(मंगलबार) सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सो प्रकरणमा पक्राउ परेका प्रसाईँका बडीगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्ने आदेश दिँदै हतियारको अनुमतिबारे छानविन गर्न भनेको हो ।

प्रसाईँलाई सर्वसाधारणले राख्नै नपाउने प्रकृतीको हतियारको अनुमति दिइएको सर्वोच्चको ठहर छ ।

साथै, अदालत, न्यायिक निकाय र अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिइ प्रवेश गर्न नपाउने कानुनी व्यवस्था अविलम्ब मिलाउन पनि सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖