• Tuesday 20th of October 2026

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत १४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको माआवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल सुरु भएको छ। वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने जनाएको छ । यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेद्वार टुंग्याउने तयारी गरेको आकंलन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖