• Tuesday 20th of October 2026

सुनकोशीमा हराएका दुई बालकको भेटियो शव, एकजना अझै बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौं : उदयपुरस्थित सुनकोशी नदीमा बेपत्ता भएका बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित धाप्लाङमा गत आइतबार होली खेलेर पौडी खेल्न गएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बुधबार बिहान साढे ६ बजे बेपत्ता भएको स्थानबाट अन्दाजी एक/दुई किलोमिटर तल १२ वर्षीया रेखा मगरको शव फेला परेको हो। सिम्ले दुर्गे ढुंगा भन्ने ठाउँमा मगरको शव ढुंगामा च्यापिएको अवस्थामा स्थानीयले फेला पारेका हुन्। यस्तै मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला परेको थियो। उनीहरूको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल उदयपुरमा पठाइएको छ।

१२ वर्षीय लोकबहादुर मगर अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖