• Tuesday 20th of October 2026

बालेनले राखेको बोर्ड कसले हटायो ?


  • धनकुटा खबर
  • .

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड गराएको भन्दै व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमा बुधबार एक पोष्ट गर्दै बालेनले २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको थियो। तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदन समेत दिएको छ। यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनिले लिएको छ।

बालेनले भनेका छन्-
२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ। स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन। कसैको दुख हेरिएको थिएन। काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ। तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौं।

त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन्। समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन्। अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न् ।

यहि नजर बर्षौंदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन्। समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖