• Tuesday 20th of October 2026

नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने नाउपाको निर्णय


  • धनकुटा खबर
  • .

धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धन अनुसार प्रदेशमा बन्ने समीकरणलाई समर्थन गर्ने निर्णय गरेको छ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो। आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ।

अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन्। यो बैठकलाई संरक्षक चौधरी पक्षले बहिष्कार गरेको थियो।

संरक्षक चौधरी पक्ष नयाँ समीकरणमा बनेको सरकारलाई समर्थन नगर्ने पक्षमा रहेको छ। तर अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समयमा ह्वीप लगाएर मत दिएकी थिइन्।

त्यस्तै नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको छ। संरक्षक चौधरीको निर्देशनमा नाउपाका ७ मध्ये पाँच सांसद अहिले मन्त्री बनेका छन्।

अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले अहिलेसम्म सर्मथन फिर्ता भने लिएको छैन। केहि समय अघि पार्टीमा श्रीमान श्रीमतीबीच नै विवाद बढेपछि चौधरीले श्रीमतीलाई सम्झाउन नसकेकोगुनासो पोखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖