• Tuesday 20th of October 2026

एमाले कास्कीको अध्यक्षमा केआर समूहका अधिकारी प्यानलसहित विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ चैत । नेकपा एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन्।

नयाँ नेतृत्वका लागि बुधबार बिहान मतदान भएको थियो।

बुधबार अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्।

क्षेत्रीले ५५१ मत ल्याए भने उनका प्रत्यासी माधव बास्तोलाले २४७ मत ल्याए।

अध्यक्षमा निर्वाचित भएका क्षेत्री स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन्। बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरूङनिकट हुन्।

उपाध्यक्षमा भेषराज बराल निर्वाचित भए भने सचिवमा दर्शन लामा विजयी भएका छन्। दुवै अध्यक्ष क्षेत्री प्यानलका हुन्। उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०)विजयी भए ।

पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) पराजित भए ।

पृथ्वीसुब्बा र खगराज समूहले प्यानल बनाएर निर्वाचनमा गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖