• Tuesday 20th of October 2026

पँधेरोमा हत्या गरिएकी युवतीको शव जिल्ला अस्पतालले पोष्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो


  • धनकुटा खबर
  • .

रूपन्देही । पाल्पाको रिब्दीकोटमा मंगलबार पँधेरोमा गएको अवस्थामा हत्या गरिएको युवतीको शव पोस्टमार्टमका लागि बुटवल ल्याइएको छ।

जिल्ला अस्पताल पाल्पाले पोष्टमार्टम गर्न नमानेपछि १९ वर्षीया युवतीको शव पोस्टमार्टमको लागि बुधबार साँझ प्रादेशिक अस्पताल बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुवर्ण श्रेष्ठले बताए।

पाल्पाको सिब्दीकोट गाउँपालिका- १ ख्याहा काराम्दी निवासी दलबहादुर सुनारकी १९ वर्षीया छोरी पद्‍मा सुनारको हत्या भएको अवस्थामा दुई दिनअघि शव फेला परेको थियो।

मंगलबार साँझ घरदेखि झण्डै दुई किमी टाढा एकान्त ठाउँमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। विभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा पद्‍माको शव फेला परेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖