• Tuesday 20th of October 2026

एसईईमा सहभागी भए ‘महाजात्रा’का अर्बिन


  • धनकुटा खबर
  • .

काठमाडौं– प्रदर्शनरत चलचित्र ‘महाजात्रा’का बाल कलाकार अर्बिन कार्की एसएईई परीक्षामा सहभागी भएका छन् । उनी आदर्श विद्या मन्दिरका विद्यार्थी हुन् ।

अर्बिनको अभिनय रहेको फिल्म ‘महाजात्रा’ चैत ९ बाट प्रदर्शनमा आएको हो । उनी फिल्ममा विपिन कार्की (फडिन्द्र) र वर्षा राउत (सम्पदा)को छोरा इमानको भूमिकामा देखिएका छन् ।

‘महाजात्रा’ टिमले अर्बिनसहित परीक्षामा सहभागी सम्पूर्ण टिमलाई शुभकामना दिएको छ ।बिहीबारबाट सुरु भएको एसईई परीक्षामा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बाेर्डले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖