• Tuesday 20th of October 2026

गाली गरेको बदला लिन ७० वर्षीया वृद्धाको हत्या


  • धनकुटा खबर
  • .

रुपन्देही । रूपन्देहीको शुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या घटनामा संलग्न रहेको अभियोगमा सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

उजेलीलाई सुतेको अवस्थामा अपरिचित व्यक्तिले फलामको हतौडा प्रहार गर्दा बेहोस भई उपचारको लागि भिम अस्पताल भैरहवा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो । मृतकले गालीगलोज गर्ने गरेको र रिसको आबेगमा प्रभुनाथले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖