• Tuesday 20th of October 2026

रक्षा बमलाई अनेरास्ववियुबाट निलम्बन


  • धनकुटा खबर
  • .

धनगढी । धनगढी घर भएकी रक्षा बमलाई अनेरास्ववियुबाट निलम्बन गरिएको छ।

आपराधिक लाभ लिएको अभियोगमा प्रहरी हिरासतमा रहेकी संगठनको स्थायी कमिटी सदस्य बमलाई अनेरास्ववियुले निलम्बन गरेको हो। संगठनका अध्यक्ष समिक बडालले उनलाई निलम्बन गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। ‘अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम उपर परेको उजुरीमा प्रहरी अनुसन्धान भइरहेको भन्ने समाचार प्रकाशित भएकोमा उक्त प्रक्रियामा निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि उजुरी परेकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने र उनको चरित्र हत्या गर्ने कार्य भइरहकाप्रति संगठनको ध्यानाकर्षण भएका विज्ञप्तिमा उल्लेख छ। ‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको बताइएको छ । बमलाई आपराधिक लाभ लिएको उजुरीको आधारमा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।-न्यूजअफ नेपालबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖