• Tuesday 20th of October 2026

२० वर्षमै पाइलट बनिन् सुदूरपश्चिमकी अमिसा


  • धनकुटा खबर
  • .

कैलाली । सुदूरपश्चिमकी २० वर्षीया अमिसा कार्कीले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका–७ पान्डुसैनकी कार्कीले साउथ अफ्रिकाबाट पाइलट अध्ययन गरेर उडान समेत सफलता पूर्वक सम्पन्न गरेकी हुन् ।

गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन् ।

बाजुरामा १० कक्षासम्म पढेकी अमिसा उच्च शिक्षा पढ्न काठमाडौं पुगेकी थिइन् । उनले काठमाडौंमा १२ कक्षा पास गरेर साउथ अफ्रिका पुगेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖