• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

महिला खेलाडीसँगको सम्बन्ध पुष्टि भएपछि


  • धनकुटा खबर
  • .

इङ्लिस महिला सुपर लिग क्लब लेस्टर सिटीले प्रशिक्षक विली किर्कलाई पदबाट बर्खास्त गरेको छ । टोलीकी एक महिला खेलाडीसँग अनुचित सम्बन्ध रहेको पुष्टि भएपछि उनलाई पदबाट बर्खास्त गरिएको समाचारमा जनाइएको छ ।

४५ वर्षीय प्रशिक्षक किर्कलाई केही दिनअघि नै क्लबले निलम्बन गरेको थियो । टोलीकै एक खेलाडीसँग सम्बन्ध रहेको उजुरी परेपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको थियो । सो आरोप पुष्टि भएकाले अहिले उनलाई पदबाटै बर्खास्त गरिएको क्लबले जनाएको छ ।

स्कटल्यान्डका नागरिक किर्क पछिल्लो तीन खेलमा प्रशिक्षकको भूमिकामा देखा परेका थिएनन् । ‘प्रशिक्षक विली किर्कले क्लबलको आचार संहिता र अनुशासन उल्लङ्घन गरेकाले उनलाई पदबाट बर्खास्त गरिएको हो,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रशिक्षक विली किर्कलाई बर्खास्त गरिएपछि उक्त जिम्मेवारी टोलीकी सहायक प्रशिक्षक जेनिफर फोस्टरलाई दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖