• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सागर ढकालले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ ।

आयरल्यान्डको दोस्रो विकेट सागर ढकालले लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिकललाई एलबीडब्लूको धरापमा पारेका थिए ।

पेभेलियन फर्किनुअघि केड कार्मिकलले २९ बलमा एक छक्का र चार चौकाको मद्दतले ३८ रन बनाएका थिए ।

१०औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा आयरल्यान्डले ९० रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖