• Sunday 29th of November 2026

बाबर आजम फेरि बने कप्तान


  • धनकुटा खबर
  • .

काठमाडौँ : बाबर आजमलाई फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान बनाइएको छ। बाबरले अब टी २० र एक दिवसीय फर्म्याटमा पाकिस्तान टोलीको कप्तानी सम्हालेछन्।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले छनोट समितिको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन्। उता शान मसुद टेस्ट टोलीको कप्तानमा कायमै रहनेछन्।

भारतको आयोजनामा खेलिएको एक दिवसीय विश्वकप २०२३ मा खराब प्रदर्शनपछि बाबर आजमले तीनै फर्म्याटको कप्तानी छाडेका थिए।त्यसपछि शाहिन शाह अफरिदीलाई टी-२० टिमको कप्तान बनाइएको थियो। त्यसबेला शान मसुदलाई टेस्ट टोलीको कप्तान बनाइएको थियो। पाकिस्तानको टोलीले केही वर्षयता बिर्सनलायक प्रदर्शन गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖