• Wednesday 21st of October 2026

वैशाख महिनाको लागि धेरै बैंकहरुले ब्याजदर घटाए,कुनको कति ?


  • धनकुटा खबर
  • .

काठमाण्डौ, ३० चैत । वाणिज्य बैंकहरुले वैशाखको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । धेरै बैंकहरुले चैत महिनाको तुलनामा औषत ब्याजदर सामान्य घटाएका छन् । अहिले सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटाले ब्याजदर सामान्य घटाएका हुन् ।

ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंक छन् । यी बैंकहरुले चैतको तुलनामा ब्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर शून्य दशमलव १९ प्रतिशत विन्दुले घटाएका हुन् ।

व्यक्तिगत मुद्दति निक्षेपमा चैत महिनामा औषतमा अधिकतम ७ दशमलव २५ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका यी बैंकहरुले वैशाख महिनामा औषतमा अधिकतम ७ दशमलव ०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

एभरेस्ट बैंक र एनएमबी बैंकले चैतको तुलनामा वैशाखमा ब्याजदर बढाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖