• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपालले आज कतारसँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ ।

खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । हिजोदेखि शुरु भएको प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।

त्यस्तै प्रतियोगितामा हिजो भएका खेलमा घरेलु टोली ओमानसहित यूएई र हङकङले पनि विजयी शुरुवात गरेका छन् । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖