• Wednesday 7th of October 2026

रविको दोहोरो चरित्र, जसकारण खेप्नु पर्‍यो वैवाहिक बलात्कारको मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौ – रवि ओड सँग जोडिने पर्यायवाची शब्द हो आइडल । नेपाल आइडल सिजन टु विजेता रवि स्वरका मात्रै नभएर उनले गरेको संघर्षका कारण धेरैको जीवनका आइडल समेत बनेका थिए । तर, पछिल्ला घटना क्रमले भने उनी साँचै आइडल भन्न लायक छन् या छैनन् भन्ने प्रश्न उठेको छ । जसका कारण उनले विरलै सुनिने वैवाहिक बलात्कारको मुद्दा खेप्नु परेको छ ।

अचानक रवि माथि वैवाहिक बलात्कारको मुद्दा परेको सुनेपछि धेरै आश्चर्य चकित भए । रविले विवाह गरेकै थाहा नपाउनेहरूका लागि यो सर्प्राइज थियो । तर, घटना अचानक बाहिर आए पनि यसको पृष्ठभूमि भने रवि आइडल हुने अघि ७ वर्ष पहिले नै तयार भएको थियो ।

कञ्चनपुरको कृष्णपुरका रविले ७ वर्ष पहिले नै आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न कैलालीको गोदावरीकी रविना (काल्पनिक नाम) सँग इन्गेजमेन्ट गरेका थिए । एक वैवाहिक कार्यक्रममा भेटिएकी युवती सँगको प्रेम झाँगिएपछि उनले २०७३ फागुन १४ गते इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट गरेपछि विवाह गर्ने बाचा कसम खानु स्वाभाविक नै थियो ।

सानैमा बुवा गुमाएकी रविना र सानैमा आमा गुमाएका रवि निम्न आर्थिक अवस्था भएका परिवारमा हुर्किएका थिए । जसका कारण सोचे जस्तो जीवन जिउन सहज थिएन । इन्गेजमेन्ट गरेपछि रविले विदेश जाने सोच बनाएका थिए । तर, नेपाल आइडल सिजन २ को धनगढीमा अडिसन हुने सुनेपछि रविको मुड फेरियो ।

आर्थिक अवस्था कमजोर भएका कारण दोहरी साँझमा गीत गाउने रविले धनगढीको भएको अडिसनमा ‘जाउँला रेलैमा’ बोलको गीत गाएर छनोट मात्रै भएनन् सयौँ प्रतिप्रर्धिलाई उछिन्दै २०७५ सालमा भएको नेपाल आइडल सिजन टु विजेता बने ।

आइडल बनेपछि रविको संघर्षले नयाँ मोड लियो । जीवन जिउन संघर्ष गरिरहेका रविलाई गीत सङ्गीतको क्षेत्रमा संघर्ष गर्नुपर्ने र स्थापित हुनुपर्ने चुनौती थियो । सोही क्रममा उनको इन्गेजमेन्ट गरेकी प्रेमिका सँगको भेटघाट र बोलचाल पातलिँदै गयो ।

आइडल बनेपछि रवि बदलिन थालेको भान रविनालाई हुन थालेपछि उनले बिहे गर्ने प्रस्ताव दोह-याइन । रवि नाइँ भन्दैनथे तर, केही महिना, वर्ष कुरौं भन्दै गए । यसरी दिन, महिना वर्ष विते । रविले बिहेका लागि तोकेको मिति कहिल्यै आएन ।

आइडल बनेका रवि अब तिमी सँग बिहे गर्दैनन् भनेर रविनाका गाउँले कुरा काट्न थाले । रविले बिहे गर्छु भन्ने तर, तोकिएको मिति टाल्दै जान थालेपछि रविना डेढ वर्ष अघि रविकै घरमा पुगिन ।

रविना घरमा पुग्दा पनि रविले बिहे गर्ने तर, तत्काल सम्भव नभएको आश्वासन दिन थालेपछि उनलाई प-यार लागेन । त्यसपछि उनीहरू डेढ वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

विवाह गर्ने रविको आश्वासन सँगै डेढ वर्ष लिभिङ टुगेदरमा रहेकी रविना झन् यातना खेप्न थालिन् । घरमा रवि विरलै आउने, आए पनि विवाहकै कुराले झगडा हुने र, रविले हातपात सम्म गर्न थालेपछि उनी चैत्र १३ गते इलाका प्रहरी कार्यालय गुलरिया पुगेकी थिइन् ।

जहाँ रविले सार्वजनिक रूपमै आफूले तनावमा आएर हातपात गरेको, आगामी दिनमा यस्तो नगर्ने र रविना सँग विवाह गरेर बस्ने बताएका थिए । सोही अनुसार त्यसको दोस्रो दिन कानुनी विवाह गरेका रवि, रविनाको वैवाहिक सम्बन्धमा एक सातामा खैलाबैला मच्चियो ।

विवाह गर्न आलटाल गरिरहेका रविले कानुनी विवाह गर्दा झन् टर्चर दिन थालेपछि रविनाले मुद्दा हालेको पारिवारिक श्रोतको दाबी छ । चैत्र १३ गते इलाका प्रहरी कार्यालयमा उपस्थित रविले ७ वर्ष पहिले इन्गेजमेन्ट गरेको, डेढ वर्ष देखि सँगै बसिरहेको स्वीकार गर्दै अगामी दिनमा बिहे गरेर सँगै बस्ने बताए पनि कानुनी बिहे पछि रविनालाई घर नआउने, बिहेको कागज हेरेर बस्न धम्की दिन थालेपछि रविना शंसकित बनेकी थिइन् ।

पटक पटक बोली फेरिरहने रवि सोही बिच जापान हुँदै अमेरिका जाने तयारीमा रहेकाले उतै बस्ने आशंकाले रविना भयवित बनेकी थिइन् । सबै घटनाक्रम बिच रविनाले चैत्र २१ गते रवि विरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेकी थिइन । यद्यपि रवि भने मुद्दा परेको भोलिपल्ट जापान गइसकेका छन् । हाल उनी जापान, आयरल्यान्ड हुँदै अमेरिका जाने तयारीमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖