• Wednesday 21st of October 2026

रवि लामिछानेले नयाँ बर्षकै दिन उल्टाए नारायणकाजीको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । माइतीघरदेखि वानेश्वरसम्म निषेधाज्ञा लगाउने निर्णयलाई गृहमन्त्री रवि लामिछानले उल्टाएका छन् । शुक्रबार निर्णय गर्दै उनले बानेश्वरको कृष्ण टावरसम्म आन्दोलन गर्न पाउने गरी निषेधाज्ञा हटाएका छन् ।

यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनले गत मंसिरमा माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएका थिए । अब सो क्षेत्रमा आन्दोलन गर्न पाइने भएको छ । तर, सार्वजनिक सम्पत्तिमा क्षती भएमा आन्दोलनको आयोजकले नै क्षती तिनुपर्ने नियम कडाईका साथ पालना गर्न लागिएको छ ।

यससम्बन्धि निर्णय जानकारी गराउँदै गृहमन्त्री लामिछानले फेसबुकमा लेखेका छन्,‘ शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक व्यक्ति, संस्था वा दल०लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।’

जसअनुसार राप्रपाले गत २७ चैतमा गरेको आन्दोलनमा भएको क्षतीको उसैलाई तिर्न लगाउने गृह मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖