• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आसिफको अर्धशतक तर नेपालले तेस्रो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल मल्लले ३५ रन बनाएर आउट भएका हुन् ।

मल्लले १८ बलमा २ चौका र ३ छक्का हिर्काए । उता आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले मात्र ३९ बलमा ६ चौका हिर्काउँदै अर्धशतक बनाए ।

नेपालले १३.५ ओभरमा तीन विकेटको क्षतिमा १२० रन बनाएको छ । नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖