• Wednesday 7th of October 2026

अभिनेता अल्लु अर्जुनको कति छ सम्पत्ति?


  • धनकुटा खबर
  • .

‘पुष्पा’ मा अभिनय गरेपछि उनको चर्चा झनै चुलिएको छ। उनले यसै फिल्मबाट राष्ट्रिय अवार्ड समेत जितेका छन्। हाल उनी ‘पुष्पा २’ को छायांकनमा व्यस्त छन्।

चर्चित अभिनेता अल्लु अर्जुन महँगा स्टार समेत हुन्। उनी एक फिल्मको ६६ करोड भारूसम्म पारिश्रमिक लिन्छन्।

उनको वार्षिक कमाइ ९० करोड भारू हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ। उनी १२ कम्पनीका ब्रान्ड एम्बेस्डर समेत हुन्। उनी एउटा कम्पनीको प्रमोशन गरेको १० करोड भारू पारिश्रमिक लिन्छन्।

भारतीय सञ्चारमाध्यम कोइमोइका अनुसार उनीसँग ४६० करोड भारूभन्दा बढी सम्पत्ति छ। अल्लु बस्ने घरको मूल्य नै सय करोड भारूभन्दा बढी पर्छ। उनको हैदराबादमा हेल्थ केयर सेन्टर पनि छ।

त्यस्तै उनले निकै महँगा सामानहरू पनि किनेका छन्। उनीसँग ४ करोड ३ लाख भारू पर्ने रेन्ज रोभर भोग, १ करोड ३५ लाख भारूभन्दा बढी पर्ने भोल्भो एक्ससी ९० टि ८, १ करोड २ लाख भारू पर्ने जगुआर एक्सजेएल, ९२ लाख भारूबढी पर्ने बिएमडब्लु एक्स ६ एम र ७५ लाख भारूभन्दा बढी पर्न हमर एचटु गाडी छ।

यसबाहेक उनीसँग ८० करोड पर्ने प्राइभेट जेट र फाल्कन ब्रान्डको ७ करोड भारू पर्ने भ्यानिटी भ्यान पनि छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖