• Thursday 22nd of October 2026

बझाङमा एमालेका दमनबहादुर भण्डारी ६२२ मतले अगाडि


  • धनकुटा खबर
  • .

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा ६२२ मतले अगाडि रहेका छन् ।

८७४५ सदर मतमध्ये भण्डारीले ३१८७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २५६५ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १८१० मत पाएका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले १०२१ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖