• Thursday 22nd of October 2026

इलाममा झन अग्रता बढाउँदै एमाले


  • धनकुटा खबर
  • .

इलाम । प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ ।

फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाएका हुन् ।

सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १०२ मत सहित चौथो स्थानमा सीमित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖