• Thursday 22nd of October 2026

इलाम-२ मा घण्टीको कन्तबिजोग!, मिलन आफ्नै वडामा पनि चौथोमै सीमित


  • धनकुटा खबर
  • .

काठमाडौं,१७ वैशाख । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा मतगणना जारी रहेको छ । अहिलेसम्म २३ हजार २०५ सदर मत गणना हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बूले १४४३ मत प्राप्त गरेका छन्।

लिम्बूले आफ्नै वडामा पनि एक सय मत पनि कटाउन सकेनन्।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना सकिँदा रास्वपाका लिम्बूले ९६ मत मात्रै प्राप्त गरेका छन्। जवकी त्यँहा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३८ मत ल्याएका छन् ।

हालसम्मको परिणामअनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । नेम्वाङले ३ हजार ५९ को मतान्तर बनाएका छन् । सुहाङले १० हजार ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार ९४४ मत ल्याएका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिम छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖