• Thursday 22nd of October 2026

सुनको मूल्य घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० र तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि आइतबार चाँदी तोलाको १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖