• Thursday 22nd of October 2026

सुहाङलाई ४५ सय २३ मतको अग्रता


  • धनकुटा खबर
  • .

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरापलिकाको मतगणना जारी छ ।
ताजा अवस्थामा नेकपा एमालेका सुहाङ नेम्बाङले १२ हजार ४०५ मतसहित अग्रता फराकिलो बनताउँदै लगेका छन्।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८८२ मतसहित पछ्याइरहेका छन् । उनीहरू दुईजनाबीचको अन्तर बढेर ४५ सय २३ मत पुगेको छ ।

उता तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ७६९ मत ल्याइसकेका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको पक्षमा १६ सय ३६ मत मात्रै खसेको छ ।

आइतबारदेखि जारी मतगणनाका क्रममा स्वतन्त्र उम्मेदवार थेगिमलाई माई नगरपालिका-६ मा माङ्सेबुङ-५ मा जस्तै पहिलो भोट मिलेको छ ।

माईका ३ वटा वडामध्ये ६ नम्बरबाट थेगिमको पक्षमा ५५१ मत खसेको छ । थेगिमले पहिलो मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्बाङको पक्षमा माई ६ बाट ५४१ मत झरेको छ ।

कसलाई कति?
सूर्य (सुहाङ नेम्वाङ):१२४०५
रुख (डम्बर खड्का) :७८८२
मुढा (डकेन्द्र थेगीम) : ७७६९
घण्टी (मिलन लिम्बू) : १६३६

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖