काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छमतगणनाको ताजा परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारभन्दा ४ हजार ९८६ मतले अगाडि छन्।
इलाम क्षेत्र नम्बर २ को फाकफोकथुम, चुलाचुली र माङसेबुङ र देउमाई नगरपालिका–१ को मत गनिसक्दा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ९०० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार ९१४ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार २८५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार ९४५ मत प्राप्त गरेका छन्। कुल एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार २८७ मत खसेको थियो।
