• Thursday 22nd of October 2026

इलाम २ अपडेट : नेकपा एसलाई जमानत जोगाउनै मुस्किल


  • धनकुटा खबर
  • .

इटहरी । इलाम–२ को उपनिर्वाचनमा इलाम घर भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीलाई जमानत जोगाउन हम्मे पर्ने देखिएको छ । २९ हजार १५२ मत सदर हुँदा एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले २६१ मत मात्र ल्याएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।’

उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता लिएका छन् । नेम्वाङले ११ हजार ६१९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले ७ हजार ६५९ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७ हजार ४५२ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १५९६ मत ल्याएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖