• Thursday 22nd of October 2026

बलात्कार आरोपमा युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलात्कार आरोपमा फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१६ घर भएका ३१ वर्षीय सन्तोष राई छन् ।

वैशाख १ मा उनले ललितपुरको गोदावरीमा १२ वर्षीय बालिकालाई टहरोमा लगेर बलात्कार गरेको आरोप छ ।

बलात्कारपछि फरार भएका उनलाई उदयपुर प्रहरीसँग समन्वय गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖