• Thursday 22nd of October 2026

इलाम उपनिर्वाचनमा जमानत नै जफत भएपछि रास्वपाले निकाल्यो यस्तो विज्ञप्ति


  • धनकुटा खबर
  • .

इलाम उपनर्वाचनमा पराजय बेहोरेको रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ –

विक्रम संवत् २०८१ वैशाख १८ गते
नेपाल संवत् ११४४ चौलागा षष्ठी
विज्ञप्ति

इलाम जिल्ला क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यका लागि मिति २०८१ वैशाख १५ गते (नेपाल संवत् ११४४ चौलागा तृतीया) सम्पन्न उपनिर्वाचनमा विजयी हुनुभएका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई हार्दिक बधाई तथा जनअपेक्षा अनुरुप कार्यसम्पादन गर्न सक्षम हुनुहोस् भनी सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ ।

सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नं. २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं । नतिजा हाम्रो अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं ।

साथै निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖