• Thursday 22nd of October 2026

सुहाङले लिए निर्वाचन आयोगबाट प्रमाणपत्र


  • धनकुटा खबर
  • .

इलाम– इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङले निर्वाचन आयोगबाट प्रमाणपत्र लिएका छन् ।

उनलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले इलाम सदरमुकामा विजयी भएको प्रमाणपत्र दिएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले सुहाङलाई सफल कार्यकालको शुभकामना दिए ।

यादवले ‘निर्वाचन शान्तिपूर्ण र सफल रूपले सम्पन्न भएको छ । म सबै राजनीतिक दल, जनप्रतिनिधिहरूलाई धन्यवाद दिन चाहान्छु ।’

उनले राज्यले राम्रोसँग जिम्मेवारी पूरा गरेको समेत बताए ।सुहाङले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्कालाई साढे ५ हजार बढी मतले पराजित गरे।

२०७९ को निर्वाचनमा खड्कालाई सुहाङकै पिता सुवास नेम्वाङले करिब डेढ सय मतले हराएका थिए । तर उनको गत भदौमा निधन भएपछि उपचुनाव भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖