• Thursday 22nd of October 2026

रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक


  • धनकुटा खबर
  • .

१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्यांकन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ महामन्त्री मुकुल ढकालले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाइएको छ ।

इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दैछ । पार्टी बैठकमा सरकारमा सहभागीता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ ।पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖