• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालविरूद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज ए, नेपालको टिममा कप्तानसहित चार खेलाडी परिवर्तन


  • धनकुटा खबर
  • .

नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तेस्रो खेल आज हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा सवा १२ बजे सुरु हुने खेलमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको छ।

खेलमा नेपालले कप्तानसहित चार खेलाडी परिवर्तन गरेको छ। आजको टिममा विनोद भण्डारी, करण केसी, विवेक यादव र कमलसिंह ऐरी रहेका छन्।

अघिल्लो खेल खेलेका रोहित पौडेल, सोमपाल कामी, आकाश चन्द र कुशल भुर्तेल बाहिरिएका छन्। रोहितलाई आराम दिँदा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्दैछन्।

पाँच खेलको सिरिजको दुई खेल सकिँदा दुवै टिमले एक एक खेल जितेका छन्।

पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको थियो। वेस्ट इण्डिज ए ले दिएको २०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर दुई बल बाँकी छँदै पूरा गरेको थियो।

दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो। १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट गुमाएर १५० रन मात्रै बनाएको थियो।

नेपालले आगामी टी-२० विश्वकपको तयारीस्वरूप खेलिरहेको छ। यो खेलले विश्वकप खेल्ने खेलाडीको पनि निर्क्यौल हुनेछ।

सिरिज सकिएपछि नेपाल विश्वकप तयारी गर्न वेस्ट इण्डिज नै जानेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖