• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कप्तान रोहित विश्राममा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । आजको खेलमा नेपालले कप्तान रोहित पौडेललाई आराम दिएको छ । यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन् ।

आज नेपाली टिममा चार परिवर्तन गरिएको छ । आज कप्तान रोहितसहित कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई बाहिर राखिएको छ भने करण केसी, विवेक यादव, विनोद भण्डारी र कमलसिंह ऐरी खेल्दैछन् ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

नेपालको प्लेइङ- ११ : दिपेन्द्र सिंह ऐरी (कप्तान), अनिल शाह, आरिफ सेख, कुशल मल्ल, गुलशन झा, करण केसी, बिबेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖