ललितपुर । प्राय कृषि कर्ममा व्यस्त भइरहने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ललितपुरस्थित हरिसिद्धीमा गहुँ काट्न पुगेका छन् । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन पारेर उनी श्रम गर्न गएका हुन् ।
पार्टीले सञ्चालन गरेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर विप्लवले नेता कार्यकर्तासँग श्रमिक दिवसको शुभकामना साटासाट गरेका छन् ।
पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत उनी खेतीपातीमा देखिइरहेका हुन् । विप्लवले नेपाल तथा विश्वभरिका श्रमिकलाई खेतबाटै शुभकामना दिएका छन् ।
उनले पुँजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउँदै उनले त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताएका छन् ।
