• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालविरूद्ध वेस्ट इन्डिज ‘ए’ ले १० ‌ओभरमै हान्यो १०९ रन


  • धनकुटा खबर
  • .

नेपाल विरूद्धको तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० ‌ओभरमा १ विकेटको क्षतिमा १०९ रन जोडेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले नटआउट ६८ रन र आन्द्रे फ्लेचरले नटआउट २२ रन बनाएर खेलिरहेका छन्।

चार्ल्सले ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गरिसकेका छन्। वेस्ट इन्डिजका ओपनर एलिक एथानाज भने चौथो ओभरको पहिलो बलमा रनआउट भए। उनी १७ रन बनाएर खेलिरहदा अनिल साहको थ्रोमा बलर कमलसिंह ऐरीले रनआउट गरे।

ननस्ट्राइकमा रहेका उनी चार्ल्सले रनका लागि कुनै संकेत नदिँदा रनआउट भएका थिए। पाँच खेलको सिरिज १-१ को बराबरीमा छ। पहिलो खेलमा नेपाल र दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएका थिए। नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजसँग सिरिज खेलेको हो।

शनिबार सिरिज सकिएपछि नेपाल तयारीका लागि वेस्ट इन्डिज जानेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖