• Thursday 22nd of October 2026

मन्त्री बन्न नपाएपछि माओवादी सांसदको आक्रोश: ‘श्री ३ शर्मा महाराज’ को उपनिवेशमा गाह्रो छ


  • धनकुटा खबर
  • .

काठमाडौं,१९ वैशाख । कर्णालीमा मन्त्री बन्ने विषयमा सत्तारुढ दल नेकपा एमाले र माओवादी दुवैमा चर्को असन्तुष्टि देखिएको छ ।

मंगलबार कर्णालीमा ६ जना मन्त्री र एक जना राज्यमन्त्री थपिएका थिए । भौतिक पूर्वाधार मन्त्री नपाएपछि कृषि मन्त्री नियुक्त भएका एमालेका विनोद शाहले शपथनै लिन मानेनन् भने माओवादीमा पनि मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टि सामाजिक सञ्जालमा छाताछुल्ल भएको छ ।

मुख्यमनत्री यामलाल कँडेलको सरकारमा आर्थिक मामिलामन्त्रीको आश गरेका माओवादीक बिन्दमान विष्ट यसपटक मन्त्री बन्न छुटे । अघिल्लो सरकारमा मन्त्री रहेका उनलाई व्याक गराएर यसपटक माओवादीले रुकुमका महेन्द्र केसीलाई जिम्मा दिएको थियो ।

सांसद विन्दमान विष्ट एमाले नेतृत्वको सरकारमा पार्टीकोतर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी हुन चाहन्थे। तत्कालीन नेपाली कांग्रेसको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका विष्टलाई यश पटक संसदीय दलका नेता राजकुमार शर्माले मन्त्री पनि बनाएनन्।

रुकुमबाटै निर्वाचित प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजकुमार शर्मा र पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै विष्टले श्री ३ महाराजको संज्ञा दिएका हुन् । उनले लेखेका छन्‘श्री ३ शर्मा महाराज’ को उपनिवेशमा गाह्रो छ ’ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖