• Thursday 22nd of October 2026

दुर्घटना प्रहरीको निधन


  • धनकुटा खबर
  • .

इनरुवा, वैशाख १९ गते। सुनसरीको इनरुवामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट प्रहरीको निधन भएको छ।

मंगलबार राति करिब १० बजेको समयमा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ हलेसी चौक (भोटे पुल) नजिक भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राजु खड्काको ज्यान गएको हो।

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट भएको दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका लागि विराटनगर लाँदैगर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो।

उहाँको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो। हालसम्म कुन सवारी साधनको ठक्कर लागेको भन्ने खुलेको छैन। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖